4 years ago
August 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – छिरिङ वाङदी शेर्पाले दुवईमा जारी एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा पदक पक्का गरेका छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गदै सेमिफाइनल पुगेपछि नेपालको पदक पक्का भएको हो ।
युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले सहभागिता जनाएका छन् । शनिबार नै इन्द्रले इरानका पारसी मोहमदसँग हार बेहोरेका थिए । सुदेन उज्बेकिस्तानको अब्दुल्लाएभ अलोकोनसँग पराजित भए ।
जुनियरको पुरुष ५४ केजीमा छिरिङ तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्दै छन् । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुवई प्रस्थान गरेको थियो ।
गत जुलाई ११ देखि १३ तारिखसम्म सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको थियो । प्रशिक्षकमा दीपक महर्जन, डम्बर दत्त भट्ट, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज छन् ।
नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी तथा झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई व्यवस्थापकको भूमिकामा छन् । प्रतियोगिता अगष्ट २० देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]