4 years ago
August 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचिच भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत ४ वर्षका लागि निर्विरोध चयन गरेको छ ।
अध्यक्षमा खड्काबाहेक कसैले उम्मेदवारी दिएनन् । अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाए ।
उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिएका थिए । सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए । सदस्यमा संगीता राईले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् ।
खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजिनामा दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष खड्काले राम्रो काम गरेर आफ्नो कार्यकाल स्मरण योग्य बनाउन प्रयासरत रहने बताउदै सबैसंग सहकार्य गर्दै तेक्वान्दोको विकास र विस्तारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौं जिल्लालाई देशकै नमुना जिल्ला तेक्वान्दोका रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्यद्वय नन्दा बस्याल र रेणुका श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संघीय सांसद जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।
उद्घाटनका अवसरमा कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापा, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतको उपस्थिति थियो । साधारण सभामा १ सय ६५ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत तीर्थराज घिमिरेले जनाएका छन् ।
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल एनएसएलमा झापा एफसी र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ। पहिलो हाफमा झापाले एकपक्षीय दबाब बनाए पनि बुटवलका गोल रक्षक दीप कार्कीको प्रभावशाली प्रदर्शनमा झापाले गोल गर्न सकेन। दीप अक्सनमा अन सोल्ड हुँदा विस लिस्टबाट बुटवलले भित्राएको थियो। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा झापाले […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]