default_image

4 years ago

August 21, 2021

लाइन जज अर्याललाई एपि स्पोर्ट्सको बधाई र बिदाई

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो–२०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट लाइन जजको रुपमा सहभागिता जनाउन लागेका वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्याललाई एपि स्पोर्ट्स म्यानेजमेन्टले सम्मान, बधाई तथा बिदाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभास श्रेष्ठ, एपि स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमलेश निरौलालगायतले उनलाई कदरपत्र र खादाले सम्मान गर्दै बधाई तथा सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पुर्व ब्याडमिन्टन प्रशिक्षक प्रकाश उदय (तानसेन), योनेक्स सनराइज नेपालका प्रवन्ध निर्देशक राजु बास्तोला, बैतडी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष कन्चन सिंह ठगुन्ना, मलेसियन कम्पनी फिलिटका नेपाल प्रतिनिधि मनिषा खड्का, चन्द्रागिरी ब्याडमिन्टन क्लबका पुर्व अध्यक्ष राजकुमार पोखरेल, राखेप अन्तरगतको ब्याडमिन्टन प्रशिक्षक सुदिप योन्जनलगायतको उपस्थिति रहेको थियो ।

पारालिम्पिक २४ अक्टोवरमा सुरु हुने भएपनि ब्याडमिन्टन विधा १ देखि ५ सेप्टेम्वरसम्म सञ्चालन हुनेछ । उनी १२ भदौंमा त्यसतर्फ प्रस्थान गर्नेछ । २१ भदौमा फर्कने तालिका छ । ५ दिनसम्म चल्ने पारा ब्याडमिन्टनमा उनले लाईन जजको भूमिका निर्वाह गर्नेछन् ।

विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले अम्पायर अर्याललाई सन् २०१९ मा नै अर्याललाई लाइन जजको रुपमा चयन गरिसकेको थियो । तर कोरोना महामारीका कारण गत वर्ष ओलम्पिकसँगै पारालिम्पिक तोकिएको समयमा हुन सकेको थिएन ।

यससँगै उनी पारालिम्पिक ब्याडमिन्टनमा सहभागी हुने पहिलो नेपाली लाइन जज बन्नेछन् । पारालिम्पिकमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो ।

अर्यालले वि.स. २०४४ देखि पाल्पाको तानसेनबाट राष्ट्रिय ब्याडमिन्टनमा आम्पायरिङ सुरु गरेका थिए । अर्याल २०५२ मा बर्माको राजधानी रंगुनमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघद्वारा आयोजित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायरको आधारभूत तालिममा समावेश भई ८५% अंक प्राप्त गरी उत्तिर्ण भएका थिए ।

२०५७ मा जापानको क्योटो शहरमा आयोजित जुनियर एशियन ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालबाट अम्पायरको रुपमा सहभागी भई एशियाली ब्याडमिन्टन महासंघको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर कोर्षमा सफलता हासिल गरि आधिकारिक रुपमा नेपालको तेस्रो अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर बन्न सफल भएका थिए । २०७६ मा ब्याडमिन्टन वल्ड फेडेरेसनले उनलाई सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।

उनी २०४४ देखि हालसम्म ब्याडमिन्टन च्याम्पियनसिपमा टेक्निकल अफिसियलको रुपमा कार्यरत छन् । उनले ब्याडमिन्टन टेक्निकल अफिसियलको रुपमा बर्मा, जापान, चीन, मकाउ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भारत, बांग्लादेश, हङकङ र पोल्याण्ड लगायतको देश भ्रमण गरिसकेका छन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.