4 years ago
August 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियो सहरमा आयोजना हुने पारालिम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बिहिबार बिदाई गरेको छ ।
नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व सञ्चारमन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरे । नेपाली टोली तेक्वान्दोका सफल ब्यक्तित्व दीपक बिष्टको नेतृत्वमा शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
टोलीमा खेलाडीतर्फ पलेसा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई शुभकामना प्रदान गर्ने क्रममा प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेस खेलाडीहरुको पक्षमा सदा अग्रस्थानमा रहने भन्दै पदक जितेर आएको खण्डमा खेलकुद विभागले न्यायोचित सम्मान गर्ने बताए ।
यस्तै नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्गले टिमलाई सफलताको शुभकामना प्रदान गर्दै प्रत्येक चरणको खेल जित्दा नगद २० हजार प्रदान गर्ने र पदक प्राप्त गरेको खण्डमा कास्यलाई ५० हजार, रजतलाई १ लाख र स्वर्णलाई १ लाख ५० हजार प्रदान गर्ने घोषणा गरे ।कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]