4 years ago
August 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली बुधबार दुवई प्रस्थान गरेको छ ।
युथको पुरुषतर्फ ६० केजीमा इन्द्रबहादुर सुनार, ५४ केजीमा सुलभ माली र ७१ केजीमा सुदेन गिरी तथा महिला ५७ केजीमा नारिका राईले प्रतिस्पर्धा गर्ने छन् । जुनियरको पुरुष ५४ केजीमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० केजीमा स्वस्तिका तिरुवाले खेल्ने छन् ।
गत जुलाई ११ देखि १३ तारिखसम्म सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघले जनाएको छ । प्रशिक्षकमा दीपक महर्जन, डम्बर दत्त भट्ट, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज रहेका छन् ।
नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी तथा झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई व्यवस्थापकको भूमिकामा छन् । प्रतियोगिता अगष्ट २० देखि ३१ तारिखसम्म सञ्चालन हुने छ ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले बुधबारै एक कार्यक्रमबीच बिदाई गरे ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]