4 years ago
August 18, 2021
काठमाडौं (हाम्रो खेलकद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बिदाई गरेको छ ।
संघले बुधबार आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच पारालिम्पिक टोलीलाई बिदाई गरेको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागि शुभकामना व्यक्त गरे ।
पलेशा गोवर्द्धनसहित ६ सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । सेफ दि मिसनमा सरोज श्रेष्ठ, टिम अफिसरमा विश्वास बस्नेत, डक्टरमा दीपक श्रेष्ठ र अफिसियलमा दीपक विष्ट रहेका छन् ।
जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले पारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।
ललितपुर धापाखेलस्थित नागदह तेक्वान्दो डोजाङका पदाधिकारी र प्रशिक्षकले पलेशाको सफलताको कामनासहित प्रोत्साहन स्वरुप नगद २५ हजार रुपैयाँ प्रदान गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]