4 years ago
August 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले टोकियो २०२० पारालिम्पिक गेम्समा भाग लिने नेपालको पारालिम्पिक टोलीलाई सामाग्री हस्तान्तरण गरेको छ ।
नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रवन्ध निर्देशक उत्तम न्यौपानले पारालिम्पिकमा सहभागी हुने ६ सदस्यीय टोलीलाई मंगलबार सामाग्री हस्तान्तरण गरेका हुन् । पलेशा गोवर्द्धनसहित ६ सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्नेछन् । सेफ दि मिसनमा सरोज श्रेष्ठ, टिम अफिसरमा विश्वास बस्नेत, डक्टरमा दीपक श्रेष्ठ र अफिसियलमा दीपक विष्ट रहेका छन् । प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।
जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले पारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी थिइन् ।
परालिम्पिक टोलीलाई सामग्री हस्तान्तरण गर्दै केल्मीका प्रवन्ध निर्देशक उत्तम न्यौपानेले खेलकुदको कुम्भमेला ओलम्पिक र पारालिम्पिकमा अफिसियल किट बन्न पाएकोमा खुशी व्यक्त गर्दै टोलीलाई सफलताको कामना गरे । उनले यस कार्यक्रमलाई बृहत बनाउने योजना बनाएपनि कोभिडका कारण त्यो सम्भव नभएको बताए ।
सेफ दि मिसन सरोज श्रेष्ठले विषम परिस्थितिमा पारालिम्पक टोलीलाई सहयोग गरेकोमा केल्मी परिवारलाई धन्यवाद ज्ञापन गर्दै सहभागितालाई खेर जान नदिने बताए । केल्मी र नेपाल पारालिम्पिक कमिटीबीच गत २० साउनमा सम्झौता भएको थियो केल्मीले पारालिम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको छ ।
पारालिम्पिकका सबै अन्तर्राष्ट्रिय सहभागितामा नेपाली सहभागीले केल्मीको खेल सामाग्री प्रयोग गर्नेछन् । अहिले जापानमा जारी ओलम्पिकका लागि पनि नेपाली टोलीलाई केल्मीले प्रायोजन गरेको थियो । देशभरमा केल्मीका १३ वटा आउटलेट छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]