4 years ago
August 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स टोकियोले ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टर जापानमा भएको फाइनलमा आयोजक मध्येको एक ग्रुप अफ जापानलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै गल्कोटले उपाधि जितेको हो ।
उपाधिसँगै गल्कोट स्पोर्ट्सले ३ लाख जापानी येनसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको ग्रुप अफ जापानले २ लाख तथा तेस्रो भएको गल्कोट समाज टोकियोले १ लाख जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ग्रुप अफ जापानका मदन साउद प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । गल्कोट समाजका राजन मल्ल उत्कृष्ट स्पाइकर, एनवाइएससी जापानका प्रकाश चन्द्र जोशी उत्कृष्ट क्वीकर र ग्रुफ जापानकै उमेर लामिछाने उत्कृष्ट सेटर चुनिए । गल्कोट स्पोर्ट्सका महेन्द्र भण्डरी अनुशाषित खेलाडी चुनिए ।
विजयी खेलाडीलाई राम थापा (काजी), पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्री गुरुङ, ग्रुप अफ जापानका अध्यक्ष मदन साउद, हान्यु नेपाली समाज जापानका अध्यक्ष नारायण अमगाईं लगायतले पुरस्कृत गरे । यस्तै आयोजकले लामो समय जापान बसोबास गरि भलिबल खेल्ने भलिबल खेलाडीहरु लाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।
हान्यु नेपाली समाज जापान र ग्रुप अफ जापानको संयुक्त आयोजनामा भएको एक दिने प्रतियोगितामा जापानमा रहेका नेपाली समुदायका १२ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता नकआउटकै आधारमा भएको थियो ।
भलिबल प्रतियोगिता आयोजना गर्नुको उद्धेश्य जापानमा रहेका नेपालीहरुबीच आपसी सदभाव र भाईचाराको भावनालाई प्रगाढ बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको पुर्व राष्ट्रिय भलिबल खेलाडीसमेत रहेका ग्रुप अफ जापानका अध्यक्ष मदन साउदले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]