default_image

4 years ago

August 14, 2021

श्री र विपिनको जोडीलाई उपाधि

140 views

0 Bookmark

तनहुँ (हाम्रो खेलकुद) – ऋसिङ गाँउपालिकाका झापुटारका श्री बहादुर आले र विपिन थापाको जोडीले तनहुँ जिल्ला स्तरीय ‘रिजाल स्पोर्ट्स कप’ पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

तनहुँको सदरमुकाम दमौलीस्थित उत्तरशिला चलचित्र हलमा शनिबार भएको फाइनलमा श्री र विपिनको जोडीले दमौलीका विश्वास विक र राम गुरुङको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

खैरेनीटारका सफल भुजेल र विवेक थापाको जोडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै पुरस्कृत गरिएको थियो । रिजाल स्पोर्ट्स हाउसले आयोजान गरेको दुई दिने प्रतियोगितामा तनहुँ जिल्लाभरका ४१ जोडीले सहभागिता जनाएका थिए ।

विजयी खेलाडीलाई वरिष्ठ अम्पायर उदय अर्याल, बर्ड विद्युत प्राधिकरणका इन्जिनियर दुर्गा दत्त सुवेदी, ऋसिङ गाँउपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठलगायतले पुरस्कृत गरे ।

समापनका अवसरमा नेपालबाट टोकियो पारालिम्पिक २०२० मा लाइन जजको भुमिका निर्वाह गर्न जान लागेका ब्याडमिन्टन वल्ड फेडेरेसन (बिडब्लुएफ) का सर्टिफाइड लाइन जज उदय अर्याललाई सम्मान तथा बिदाई गरिएको छ । उनलाई व्यास नगर ब्याडमिन्टन क्लबका सदस्य राजु गुरुङले सम्मान तथा बिदाई गर्दै उनी जस्तो वरिष्ठ अम्पायरलाई सम्मान तथा बिदाई गर्न पाउदा तनहुँ जिल्लावासीलाई गर्वको आभास भएको बताए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.