3 years ago
August 10, 2021
एजेन्सी – भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो । च्याम्पियनसिप फिलिपिन्सको क्लार्क र सेविकमा अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका थियो ।
एसियन भलिबल फेडेरेसन (एभीसी) ले फिलिपिन्स भलिबल फेडेरेसनलाई २४ देखि ३० अथवा ३१ अगस्टसम्म च्याम्पियनसिप आयोजना गर्न नयाँ मिति प्रस्ताव गरेको छ । तर यो मितिमा च्याम्पियनसिप हुनेमा शंका छ । त्यसपछिको अवस्थापछि निर्णय लिइने फिलिपिन्स भलिबल फेडेरेसनले जनाएको छ ।
च्याम्पियनसिपमा सुरुवातमा नेपालले पनि खेल्ने तय थियो । तर, नेपाल कोरोनाको रेड जोनमा रहेको भन्दै फिलिपिन्सले नेपाललाई बाहिर राख्दै च्याम्पियनसिपको समूह विभाजन र खेल तालिका सर्वाजनिक गरेको थियो । सुरुवातमा १७ राष्ट्र रहेपनि त्यसपछि ५ राष्ट्रले नाम फिर्ता लिदा १२ टोलीको सहभागिता रहने बताएको थियो । तर, अन्तिम समयमा कोरोनाका कारण ८ टोलीको मात्रै खेल्ने टुंगो लागेको थियो ।
च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडीलाई राख्दै १ असारबाट बन्द प्रशिक्षण सुरु गरेको थियो । त्यसपछि दोस्रो चरणमा १८ खेलाडी छनोट भइसकेको थियो । झन्डै १ महिनाको प्रशिक्षणपछि नेपालले च्याम्पियनसिप नखेल्ने भएपछि नेपालको प्रशिक्षण पनि रोकिएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]