4 years ago
August 8, 2021
एजेन्सी – विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् ।
ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेका थिए । उनले रियो ओलम्पिकमा भन्दा ६ सेकेन्डको समय सुधार गरेका छन् ।
उनको नाममा २ घन्टा १ मिनेट ३९ सेकेन्डको कीर्तिमान छ । उनले सन् २०१८ मा बर्लिन म्याराथनमा यो विश्व कीर्तिमान कायम गरेका थिए । ओलम्पिकमा उनको यो चौथो पदक हो । उनले यसअघि २००४ को एथेन्स ओलम्पिकमा ५ हजार मिटरमा कास्य तथा २००८ को बेइजिङ ओलम्पिकमा रजत पदक जितेका थिए । उनी पुरुष म्याराथनमा धेरै पदक जित्ने तेस्रो एथलिट बनेका छन् ।
नेदरल्यान्ड्सका एब्डी नाजिइले २ घन्टा ९ मिनेट ५८ सेकेन्डमा दुरी पार गर्दै रजत पदक हात पारे । बेल्जियमका बासिर एब्डीले २ घन्टा १० मिनेटमा दुरी पार गर्दै कास्यपदक जित्न सफल भए । अन्तिम समयमा फिनिसिङमा चुक्दा लरेन्स चेरोनोले चौथो स्थानमा चित्त बुझाए ।
केन्याको जारी ओलम्पिकमा यो चौथो स्वर्ण हो । केन्या ४ स्वर्ण, ४ रजत र २ कास्यगरी कुल १० पदक जित्दै पदक तालिकाको १९औं स्थानमा रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]