default_image

4 years ago

August 8, 2021

दक्षिण कोरियालाई हराउँदै सर्विया तेस्रो

86 views

0 Bookmark

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा सर्वियाले कास्यपदक हात पारेको छ । दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले तेस्रो स्थान हासिल गरेको हो ।

एरिएक एरिनामा तेस्रो स्थानको लागि आइतबार भएको एकपक्षीय बनेको खेलमा सर्वियाले पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुवै सेट २५–१५ र २५–१५ ले सहजै आफ्नो पक्षमा पार्दै सर्वियाले तेस्रो स्थान हासिल गर्न सफल भयो ।

सर्वियाको जितमा बोस्कोभिक एक्लैले सर्वाधिक ३३ अंकको योगदान दिइन् । सर्वियाले स्पाइकबाट ४४, ब्लक र सर्भिसबाट समान ७ अंक जोड्दा विपक्षीको गल्तीबाट १७ अंक पाएको थियो । सर्वियाविरुद्ध कमजोर प्रदर्शन गरेको कोरियाले स्पाइकबाट २५, ब्लकबाट २ र सर्भिसबाट ५ अंक जोड्दा विपक्षीको गल्तीबाट १६ अंक पाएको थियो ।

स्वर्णका लागि आइतबार (आजै) ब्राजिल र अमेरिकाबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजे हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.