3 years ago
August 8, 2021
एजेन्सी – चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १६औं दिनसम्म यथावत राख्न सफल भएको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ ।
शनिबारसम्म चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यगरी ८७ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले शनिबार ५ स्वर्ण थप्दै चीनमाथि दवाव बढाएको छ । अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यगरी कुल १०८ पदक जितेको छ । आयोजक जापान २७, स्वर्ण १२ रजत र १७ कास्यगरी कुल ५६ पदक जित्दै तेस्रो स्थानमा यथावत रहेको छ ।
रसियन ओलम्पिक कमिटि टोली (आरओसी) २० स्वर्ण, २६ रजत र २३ कास्यसहित ६९ पदक जित्दै शीर्ष चारमा उक्लिएको छ । इंग्ल्यान्ड २० स्वर्ण, २१ रजत र २२ कास्यगरी कुल ६३ पदक जित्दै पाँचौ स्थानमा झरेको छ । १७ स्वर्ण, ७ रजत र २२ कास्यगरी कुल ४६ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा यथावत रहेको छ ।
जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यगरी ३७ पदकसहित सातौ स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स १० स्वर्ण, ११ रजत र १२ कास्यगरी ३३ पदक नवौं स्थनमा उक्लदा १० स्वर्ण, १० रजत र १९ कास्यगरी ३९ पदक जित्दै इटाली नवौं स्थानमा झरेको छ । फ्रान्स ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित ३२ पदक जितेर शीर्ष १० मा अटाएका छन् ।
न्युजिल्यान्ड ७ स्वर्ण, ६ रजत र ७ कास्यगरी २० पदकसहित ११औं स्थानमा रहँदा ब्राजिलले ७ स्वर्ण, ४ रजत र ८ कास्यगरी १९ पदक हात पार्दै १२औं स्थानमा उक्लिएको छ । हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ कास्यगरी १९ पदक जितेको छ । क्यानडाले ६ स्वर्ण, ६ रजत र ११ कास्य गरी २२ पदक जितेको छ । दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित १५औं स्थानमा रहेको छ ।
क्युवाले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक जितेको छ । पोल्यान्डले ४ स्वर्ण, ५ रजत र ५ कास्य जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ पदक जितेको छ । नर्वेले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक जितेको छ । जमैकाले ४ स्वर्ण, १ रजत र ४ कास्य गरी ९ पदक जितेको छ ।
स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, डेनमार्क, केन्या, क्रोएसिया, इरान, बेल्जियम र स्लोभेनियाले समान ३–३ स्वर्ण जितेका छन् । जर्जिया, चाइनिज ताइपेइ, डेनमार्क, टर्की, सर्विया, बुल्गेरिया, युगान्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, कतार, बहमास र कोसोभोले समान दुई’दुई स्वर्ण जितेका छन् ।
युक्रेन, बेलारुस, रोमानिया, भेनेजुएला, भारत, हङकङ, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इजिप्ट, इन्डोनेसिया, इथियोपिया, पोर्चुगल, ट्युनिसिया, आयरल्यान्ड, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक–एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]