4 years ago
August 7, 2021
एजेन्सी – ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलमा तेस्रो स्थान हासिल गरेको छ ।
ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । यससँगै अर्जेन्टिनाले समूह चरणमा भोगेको हारको बदला लिएको छ। समूह चरणमा अर्जेन्टिना ३-२ को सेटमा पराजित भएको थियो ।
एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र राेमाञ्चक खेलमा अर्जेन्टिनाले पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दुई सेट समान २०-२५ र २०-२५ ले गुमाएको अर्जेन्टिना ले चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा लम्ब्याएको थियो ।
निर्णायक सेटमा १५-१३ ले जित्दै तेस्रो स्थान हासिल गर्न सफल भयो । अर्जेन्टिनाले स्पाइकबाट ५८, ब्लकबाट १७ र सर्भिसबाट २ स्कोर मात्रै गर्यो । विपक्षीको गल्तीबाट २८ अंक जोड्यो । कोेन्टेले २१ तथा लोसर अगस्टिनले १४ अंक जोड्यो ।
ब्राजिलले स्पाइकबाट ५६, ब्लकबाट १० तथा सर्भिसबाट ४ स्कोर गरे । विपक्षीको गल्तीबाट ३३ अंक पाएको थियो । वालेसले १७ तथा लुकासले १४ अंक जोडेपनि हार टार्न सकेन ।
आजै स्वर्णका लागि रसियन ओलम्पिक कमिटि (आरओसी) र अमेरिकाबीच साँझ ६ बजे प्रतिस्पर्धा हुदैछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]