4 years ago
August 7, 2021
एजेन्सी – चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १५औं दिनसम्म यथावत राख्न सफल भएको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ ।
शुक्रबारसम्म चीनले ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३२ कास्यगरी कुल ९९ पदक जितेको छ । आयोजक जापान २४, स्वर्ण ११ रजत र १६ कास्यगरी कुल ५१ पदक जित्दै तेस्रो स्थानमा यथावत रहेको छ ।
इंग्ल्यान्ड १८ स्वर्ण, २० रजत र २० कास्यगरी कुल ५८ पदक जित्दै चौथे स्थानमा उक्लिएको छ । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १७ स्वर्ण, २३ रजत र २२ कास्यसहित ६२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहँदा १७ स्वर्ण, ६ रजत र २१ कास्यगरी कुल ४४ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा झरेको छ ।
१० स्वर्ण, १० रजत र १८ कास्यगरी ३८ पदक जित्दै इटाली सातौ स्थानमा उक्लदा जर्मनी ९ स्वर्ण, ११ रजत र १६ कास्यगरी ३६ पदकसहित आठौं स्थानमा झरेको छ । नेदरल्यान्ड्स ९ स्वर्ण, १० रजत र १२ कास्यगरी ३१ पदक नवौं स्थनमा उक्लदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर शीर्ष १० मा अटाएका छन् ।
न्युजिल्यान्ड ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदकसहति ११औं स्थानमा रहँदा दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा रहेको छ । क्यानडाले ६ स्वर्ण, ६ रजत र १० कास्य गरी २२ पदक जितेको छ ।
क्युवाले ६ स्वर्ण, ३ रजत र ४ कास्य गरी १३ पदक जितेको छ । हंगेरीले ५ स्वर्ण, ७ रजत र ५ कास्यगरी १७ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा पोल्यान्डले ४ स्वर्ण, ४ रजत र ४ कास्य जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जितेको छ ।
जमैकाले ४ स्वर्ण, १ रजत र ३ कास्य गरी ८ पदक जितेको छ । स्पेन, स्वीट्जरल्यान्ड, क्रोएसिया, बेल्जियम र स्लोभेनियाले समान ३ स्वर्ण जितेका छन् । स्वीडेन, चाइनिज ताइपेइ, डेनमार्क, इरान, केन्या, नर्वे, सर्विया, युगान्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, बहमास, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, टर्की, अष्ट्रिया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८९ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]