default_image

8 years ago

November 6, 2016

मञ्जु र अरुणा पनि भलिबल खेल्न माल्दिभ्स पुगे

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेका नेपाली महिला राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलीकै सदस्य अरुणा शाही शनिबार त्यहाँ पुगेर टोलीसँगको अभ्यासमा जुटेका छन् ।
घरेलु प्रतियोगितामा पश्चिमाञ्चलबाट खेल्दै आएका मञ्जुले अरुणाले माल्दिभ्सको फेयस्दा क्लबबाट त्यहाँको क्लब लिग च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् । उनीहरु दुवै पहिलो पटक पहिलो पटक विदेशी क्लबमा आबद्ध भएका हुन् । माल्दिभ्स क्लबमा दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार उनीहरु आबद्ध भएका हुन् ।

manju-and-aruna

क्लबका अन्य खेलाडीसँग मञ्जु गुरुङ र अरुणा शाही । फोटो- मञ्जुको फेसबुकबाट ।

राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली र कोपिला उप्रेती पनि माल्दिभ्स क्लब मिस्कियमागु इजी बाट खेलिरहेका छन् । उनीहरुको टोलीले शुक्रबार पहिलो खेलमा सफलता हासिल गरेको थियो । फेयस्दा र मिस्कियमागु दुवैले सोमबार अलग अलग खेलमा प्रतिस्पर्धा गर्दैछन् । मञ्जु र अरुणा सम्मिलित टोलीले माल्दिभ्यन आरसीसँग प्रतिस्पर्धा गर्नेछ । त्यो टोलीलाई प्रतिभा र कोपिलाको टोलीले पहिलो खेलमा हराएको थियो । कोपिला र प्रतिभाको टोलीले भने सोमबार सि पोलस्टारको सामना गर्नेछ ।
पहिलो पटक विदेशी क्लबबाट खेल्दा केही नौलो र केही रमाइलो भइरहेको मञ्जुले बताइन् । उनले भनिन्,‘अरु क्लबमा विदेशी खेलाडी पनि छन् । हाम्रोमा अलि जुनियर खेलाडी छन् । तर पनि हामी राम्रो गर्ने प्रयास गर्नेछौं ।’ क्लबसँग एक हजार अमेरिकी डलर लिने सम्झौता भएको पनि मञ्जुले बताइन् । माल्दिभ्सको राष्ट्रिय महिला भलिबल लिगमा ५ क्लबको सहभागिता रहेको छ । सँगसँगै सञ्चालन भइरहेको पुरुष लिगमा भने ६ टोली छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.