4 years ago
August 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वरिष्ठ ब्याडमिन्टन अम्पायर उदय अर्यालले टोकियो २०२० पारालिम्पिक अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् ।
उनले अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म चल्ने पारालिम्पिकमा ब्याडमिन्टनको लाईन जजको भूमिका निर्वाह गर्नेछन् । पारालिम्पिकका लागि अर्याल १२ भदौमा त्यसतर्फ प्रस्थान गर्नेछन् । २१ भदौमा फर्कने तालिका छ । त्यसअघि उनले एक साता निरन्तर पीसीआर परिक्षण गर्नेछन्।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले अम्पायर अर्याललाई सन् २०१९ मा नै खेलको यस महाकुम्भका लागि निजलाई चयन गरिसकेको थियो । तर कोरोना महामारीका कारण गत वर्ष ओलम्पिकसँगै पारालिम्पिक तोकिएको समयमा हुन सकेन ।
यससँगै उनी पारालिम्पिक ब्याडमिन्टनमा सहभागी हुने पहिलो नेपाली बन्ने भएका छन् । पाराल्याम्पिकमा ब्याडमिन्टन र तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो ।
अर्यालले वि.स. २०४४ देखि पाल्पाको तानसेन बाट राष्ट्रिय ब्याडमिन्टन आम्पायरिङ सुरु गरेका थिए । २०५२ मा बर्माको राजधानी रंगुनमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन महासंघ द्वारा आयोजित अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायरको आधारभूत तालिममा समावेश भई ८५% अंक प्राप्त गरी उत्तिर्ण भएका थिए ।
२०५७ मा जापानको क्योटो शहरमा आयोजित जुनियर एशियन ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालबाट अम्पायरको रुपमा सहभागी भई एशियाली ब्याडमिन्टन महासंघको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर कोर्षमा सफलता हासिल गरि आधिकारिक रुपमा नेपाल को तेस्रो अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर बन्न सफल भएका थिए । २०७६ मा ब्याडमिन्टन वल्ड फेडेरेसनले उनलाई सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजको मान्यता दिएको थियो ।
उनी २०४४ देखि हालसम्म ब्याडमिन्टन च्याम्पियनसिपमा टेक्निकल अफिसियलको रुपमा कार्यहरु गरिरहेका छन् । उनले ब्याडमिन्टन टेक्निकल अफिसियलको रुपमा बर्मा, जापान, चीन, मकाउ, थाइल्याण्ड, सिंगापुर, मलेसिया, भारत, बांग्लादेश, हङकङ र पोल्याण्ड लगायतको देश भ्रमण गरिसकेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।