default_image

4 years ago

August 6, 2021

अमेरिका महिला भलिबलको फाइनलमा

128 views

0 Bookmark

एजेन्सी – अमेरिका टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । सर्वियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिका स्वर्णनजिक पुगेको हो ।

एरिएक एरिनामा शुक्रबार भएको एकपक्षीय खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको अमेरिकाले दोस्रो सेट २५–१५ ले सहजै जित्दै जिततर्फ अघि बढेको थियो । तेस्रो सेटमा सुरुवातदेखि नै पछि परेको सर्वियाले लगातार चुनौती दिएपनि अमेरिकाले २५–२३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

अमेरिकाको जितमा ड्रिउसले १७ तथा लार्सनले १५ अंकको योगदान दिइन् । अमेरिकाले स्पाइकबाट ४०, ब्लकबाट १२ र सर्भिसबाट ६ अंक जोड्दा विपक्षीको गल्तीबाट १७ अंक पाएको थियो । सर्वियाले स्पाइकबाट ३२, ब्लकबाट ८ र विपक्षीको गल्तीबाट १७ अंक जोडेपनि हार टार्न सकेन ।

अब अमेरिकाले स्वर्णका लागि ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग ८ अगस्टमा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीबीचको खेल आज साँझ हुदैछ । सोही दिन सर्वियाले तेस्रो स्थानको लागि ब्राजिल र दक्षिण कोरियाबीचको उपविजेतासँग खेल्नेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.