4 years ago
August 6, 2021
एजेन्सी – रियो ओलम्पिक –२०१६ को पदक तालिकाको शीर्षस्थानमा रहेको अमेरिकाले टोकियो ओलम्पिक २०२० मा शीर्षस्थानमा रहेको चीनलाई पछ्याइरहेको छ ।
बिहीबार ४ स्वर्ण थप्दै अमेरिकाले शीर्षस्थानको चीनमाथि दवाव बढाइरहेको हो । अमेरिकाले बिहीबारसम्म २९ स्वर्ण, ३५ रजत र २७ कास्यगरी कुल ९१ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको चीनले बिहीबार दुई स्वर्ण थप्दै आफ्नो शीर्षतालाई थप पकड बनाएको छ ।
चीन ३४ स्वर्ण, २४ रजत र १६ कास्यगरी ७४ पदकसहित शीर्षस्थानमा रहेको छ । आयोजक जापान २२, स्वर्ण १० रजत र १४ कास्यगरी कुल ४६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ । १७ स्वर्ण, ५ रजत र १९ कास्यगरी कुल ४१ पदक जितेर अष्ट्रेलिया शीर्ष चारमा उक्लिएको छ ।
रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १६ स्वर्ण, २२ रजत र २० कास्यसहित ५८ पदक जित्दै पाँचौ स्थानमा उक्लदा बुधबार चौथो स्थानमा रहेको इंग्ल्यान्ड १६ स्वर्ण, १८ रजत र १७ कास्यगरी कुल ५१ पदकसहित छैटौ स्थानमा झरेको छ । जर्मनी ९ स्वर्ण, ९ रजत र १६ कास्यगरी ३४ पदकसहित सातौं स्थानमा रहँदा फ्रान्स ७ स्वर्ण, ११ रजत र ९ कास्यसहित २७ पदक जितेर आठौं स्थानमा रहेको छ ।
७ स्वर्ण, १० रजत र १८ कास्यगरी ३५ पदक जित्दै इटाली नवौं स्थानमा रहँदा नेदरल्यान्ड्स ७ स्वर्ण, ९ रजत र १० कास्यगरी २६ पदक जित्दै शीर्ष १० भित्र अटाएका छन् । न्युजिल्यान्डले ७ स्वर्ण, ६ रजत र ६ कास्यगरी १९ पदक जितेको छ । बिहीबार एक पदक पनि जित्न नसकेको दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहति १२औं स्थानमा झरेको छ ।
हंगेरीले ५ स्वर्ण, ७ रजत र ३ कास्यगरी १५ पदक जितेको छ । क्यानडाले ५ स्वर्ण, ५ रजत र ८ कास्य गरी १८ पदक जितेको छ । क्युवाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ४ रजत र ८ कास्यगरी १६ पदक हात पार्दा चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र २ कास्यगरी ९ पदक जित्दै शीर्ष १७ मा अटाएका छन् ।
स्पेन, स्वीट्जरल्यान्ड, पोल्यान्ड, क्रोएसिया, जमैका र बेल्जियमले समान ३ स्वर्ण जित्दै शीर्ष २३ भित्र रहेका छन् । स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, इरान, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
युक्रेन, रोमानिया, भेनेजुएला, हङकङ, केन्या, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, टर्की, सर्विया, इन्डोनेसिया, बुल्गेरिया, पोर्चुगल, बेलारुस, इथियोपिया, फिलिपिन्स, युगान्डा, ट्युनिसिया, आयरल्यान्ड, इजरायल, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बहमास, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६३ राष्ट्रले स्वर्ण जित्दा ८८ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]