default_image

4 years ago

August 5, 2021

ब्राजिललाई हराउँदै आरओसी फाइनलमा

118 views

0 Bookmark

एजेन्सी – साविकको विजेता ब्राजिललाई हराउँदै रसियन ओलम्पिक कमिटि (आरओसी) टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

एरिएक एरिनामा बिहीबार भएको सेमिफाइनलमा आरओसीले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै ३–१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो ।

आरओसीले पहिलो सेट १८–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–२१ ले जित्दै खेलमा फर्किएको आरओसीले प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा २६–२४ को जित निकाल्दै जिततर्फ अघि बढ्दा २–१ को सेटमा अग्रता लिएको थियो । चौथो सेट पनि २५–२३ ले आफ्नो पक्षमा पार्दै आरओसी फाइनलमा पुग्न सफल भयो ।

आरओसीको फाइनल यात्रामा मिख्यलभले २२ तथा केलिउकाले १५ अंकको योगदान दिए । ब्राजिलका लिलले १८ तथा लुकासले १३ अंकको योगदान दिएपनि टोलीको हार टार्न सकेन ।

आरओसीले स्पाइकबाट ५८, ब्लकबाट ७ र सर्भिसबाट ३ अंक जोड्दा विपक्षीको गल्तीबाट २६ अंक पाएको थियो । ब्राजिलले स्पाइकबाट ५१, ब्लक र सर्भिसबाट समान ८ अंका जोड्दा विपक्षीको गल्तीबाट २६ अंक जोडेको थियो ।

अब आरओसीले उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीचको विजेतासँग ७ अगस्टमा खेल्नेछ । सोही दिन ब्राजिलले तेस्रो स्थानको लागि फ्रान्स र अर्जेन्टिनाबीचको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र अर्जेन्टिनाबीचको खेल केही बेरमा हुदैछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.