default_image

8 years ago

November 5, 2016

एपिएफको फराकिलो जितमा सावित्री एक्लैको १० गोल

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुदद) – एपिएफले प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विभागीय टोली एपिएफले पश्चिमाञ्चल टोलीलाई १५–० ले हरायो । अर्को खेलमा मध्यमाञ्चलले सुदूरपश्चिममाथि ७–० को जित हासिल गर्यो ।

एपिएपफ र पूर्वाञ्चलबीचको प्रतिस्पर्धा । फाइल तस्बिर

एपिएपफ र पूर्वाञ्चलबीचको प्रतिस्पर्धा । फाइल तस्बिर

साबिक विजेता समेत रहेको एपिएफ पहिलो जितबाटै सेमिफाइनलमा पुगेको छ । भारतको बिहार टिम नआएपछि एपिएफले सेमिफाइनलमा आइतबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो दिन दुई विभागिय टोली आयोजक नेपाल आर्मी र नेपाल पुलिस विजयी भएका थिए ।
लगनखेलस्थित आर्मीको फुटबल मैदानमा पश्चिमाञ्चलविरुद्ध सावित्री भण्डारी एक्लै हावी भइन् । उनी एक्लैले १० गोल गरिन् र खेलको वमन अफ दि म्याच बनिन् । सरु लिम्बु र रेखा पौडेलले २÷२ तथा अञ्जली योञ्जनले १ गोल गरिन् । एपिएफ साबिक विजेता टोली हो ।
अर्को खेलमा मध्यमाञ्चललाई जिताउन मनीषा रावत र रश्मीकुमारी घिसिङले समान ३ गोल गरे । अर्को गोल अञ्जु लोप्चनले गरिन् । मनीषा वुमन अफ दी म्याच घोषि तभइन् । शनिबार पहिलो खेल भारत बिहार टिम र नेपाल पुलिसबीच हुने भए पनि बिहार टोली उपस्थित भएन ।
नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले ५० हजार पाउने छन् । उत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछिन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.