default_image

4 years ago

August 5, 2021

पदक तालिकामा चीनको अग्रता यथावत

101 views

0 Bookmark

एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १२औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ ।

चीनले बुधबारसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य गरी कुल ७० पदक जितेको छ । अमेरिका २५ स्वर्ण, ३१ रजत र २३ कास्यगरी कुल ७९ पदक जित्दै चीनलाई पछ्याइरहेको छ । आयोजक जापान २१, स्वर्ण ७ रजत र १२ कास्यगरी कुल ४० पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ ।

इंग्ल्यान्ड १५ स्वर्ण, १८ रजत र १५ कास्यगरी कुल ४८ पदक जितेर शीर्ष चारमा उक्लिएको छ । १५ स्वर्ण, ४ रजत र १७ कास्यगरी कुल ३६ पदक जितेर पाचौ स्थानमा रहेको छ । रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १४ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५३ पदक जित्दै छैटौं स्थानमा रहेको छ ।

जर्मनी ८ स्वर्ण, ८ रजत र १६ कास्यगरी ३२ पदकसहित सातौं स्थानमा रहँदा फ्रान्स ६ स्वर्ण, १० रजत र ९ कास्यसहित २५ पदक जितेर आठौं स्थानमा रहेको छ । ६ स्वर्ण, ९ रजत र १५ कास्यगरी ३० पदक जित्दै नवौं स्थानमा उक्लदा नेदरल्यान्ड्स ६ स्वर्ण, ८ रजत र ९ कास्यगरी २३ पदक जित्दै शीर्ष १० भित्र अटाएका छन् ।

दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदक जितेको छ । न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ । क्युवाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक जितेको छ । हंगेरीले ४ स्वर्ण, ५ रजत र ३ कास्यगरी १२ दिक जितेको छ ।

क्यानडाले ४ स्वर्ण, ४ रजत र ७ कास्य गरी १५ पदक जितेको छ । ब्राजिलले ४ स्वर्ण, ३ रजत र ८ कास्यगरी १५ पदक हात पार्दा चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १७ मा अटाएका छन् । स्वीट्जरल्यान्ड, पोल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन् ।

स्वीडेन, चाइनिज ताइपेइ, जर्जिया, डेनमार्क, नर्वे, जमैका, इरान, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।

स्पेन, रोमानिया, भेनेजुएला, युक्रेन, केन्या, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, सर्विया,अष्ट्रिया, इन्डोनेसिया, बेल्जियम इथियोपिया, युगान्डा, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६० राष्ट्रले स्वर्ण जित्दा ८५ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.