4 years ago
August 4, 2021
एजेन्सी – उपाधि दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) को चुनौती पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एरिएक एरिनामा बुधबार भएको खेलको पहिलो सेट ब्राजिलले २३–२५ ले गुमाएको थियो ।
दोस्रो सेट २५–२१ ले जित्दै खेलमा फर्किएको ब्राजिलले तेस्रो सेट पनि २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै जिततर्फ अग्रसर बनेको थियो । चौथो सेट पनि २५–२२ ले आफ्नो पक्षमा पार्दै ब्राजिल विजयी हुन सफल भयो ।
ब्राजिलको जितमा गावीले १८ तथा कारोल गटाजले १६ अंकको योगदान दिइन् । ब्राजिलले स्पाइकबाट ५९, ब्लकबाट १६ र सर्भिसबाट ६ अंक जोड्दा विपक्षीको गल्तीबाट १७ अंक पाएको थियो ।
आरओसीकी फेडोरोभसेवाले २० तथा भोरोन्कोभाले १८ अंकको योगदान दिएपनि हार टार्न सकिनन् । आरओसीले स्पाइकबाट ५५, ब्लकबाट १५ र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट १५ अंक पाएको थियो ।
अब ब्राजिलले फाइनल प्रवेशका लागि दक्षिण कोरियाको सामना गर्नेछ । बुधबारै दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको छ । कोरियाले टर्कीमाथि १७–२५, २५–१७, २८–२६, १८–२५ र १५–१३ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा पुग्न सफल भएको थियो ।
अर्काे खेलमा सर्वियाले बुधबारै बलियो इटालीलाई ३–० को सोझो सेटमा स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाउदै अमेरिकासँगको भेट पक्का गरेको छ । सर्वियाले इटालीमाथि २५–२१, २५–१४ र २५–२१ को सोझो सेटमा पराजित गरेको छ ।
अमेरिकाले डोमिनिकन रिपब्लिकलाई २५–११, २५–२० र २५–१९ को सोझो सेटमा हराउँदै अन्तिमा चारमा स्थान पक्का गरेको छ ।सेमिफाइनलका खेलहरु शुक्रबार ६ अगस्टमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि आइतबार ८ अगस्टमा प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]