8 years ago
November 5, 2016
काठमाडौं (हाम्रो खेलकुद )– तेस्रो लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि हेमन्त गुरुङले जितेका छन् । गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार स्टेबलफोर्ड पद्दतिअनुसार ३/४ ह्यान्डिक्यापमा खेलाइएको प्रतियोगितामा ८ ह्यान्डिक्यापका साथ खेलेका हेमन्तले ३९ स्कोरका साथ उपाधि जितेका थिए । उपाधिका साथ उनले २० हजार रुपैयाँ हात पारे ।
१ ह्यान्डिक्यापका साथ खेलेका वाङचेन धेन्दुप ३७ स्कोर गर्दै दास्रो बने र १२ हजार रुपैयाँ पाए ।५ ग्रस स्कोरका साथ टासी छिरिङले काउन्ट ब्याकमा उत्कृष्ट ग्रसको उपाधि जिते । टासी डोङसँग स्कोर बराबरी भएपछि काउन्ट ब्याकमा उनले उपाधि जितेका हुन् । छिरिङले १८ हजार रुपैयाँ पाए ।
महिलातर्फ ३३ स्कोर गरेकी प्रतिमा शेर्पाले उपाधि जितिन् र १० हजार रुपैयाँ प्राप्त गरिन् । सुल्टिन लामाले ६० वर्षमाथिको उपाधिका साथ ९ हजार पाइन् । श्रीयोग बस्न्यातले ३७ स्कोरसाथ जुनियरको उपाधिसहित ९ हजार रुपैयाँ जिते । निश्चयजंग रायमाझीले ३५ स्कोर गर्दै गेस्टतर्फको उपाधिसहित ८ हजार रुपैयाँ जिते ।
फुन्चोक लामाले लङ्गेस्ट ड्राइभको पुरस्कार जित्न १८ औं होलमा ३ सय ५३ यार्ड ड्राइभ गरेका थिए । पाँच बर्डी प्रहार गरेका टासी डोङले सर्वाधिक बर्डीको पुरस्कार जिते । क्लोजेस्ट टु दी पिनको अवार्ड भने आत्माराम सिम्खडाले जिते ।
लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे तथा क्याप्टेन जोसेफ नाथनले विजेतालाई पुरस्कृत गरे । प्रतियोगितामा कुल ९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]