default_image

4 years ago

August 4, 2021

टर्कीमाथि दक्षिण कोरियाको रोमाञ्चक जित

105 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा टर्कीमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

एरिएक एरिनामा बुधबार भएको खेलमा दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । यो नतिजासँगै दक्षिण कोरियाले समूह चरणको भोगेको हारको बदला लिएको छ । दक्षिण कोरिया समूह चरणमा ३–० को सोझो सेटमा पराजित भएको थियो ।

सुरुवाती सेट १७–२५ ले गुमाएको कोरियाले दोस्रो र तेस्रो सेट क्रमशः २५–१७ र २८–२६ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिएको थियो । चौथो सेट १८–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको निर्णायक सेट कोरियाले १५–१३ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा पुग्न सफल भयो ।

कोरियाको जितमा किम यिअन कोअङले सर्वाधिक २८ स्कोर गरिन् । टर्कीकी बोजले सर्वाधिक २४ स्कोर गरेपनि टोलीको हार टार्न सकेनन् । दक्षिण कोरियाले स्पाइकबाट ६३, ब्लकबाट १२ र सर्भिसबाट ४ अंक जोड्दा विपक्षीको गल्तीबाट २४ अंक पाएको थियो ।

टर्कीले स्पाइकबाट ६३, ब्लकबाट १६ र सर्भिसबाट ७ अंक जोड्दा विपक्षीको गल्तीबाट २० अंक जोडेको थियो । अब दक्षिण कोरियाले सेमिफाइनलमा ब्राजिल र रसियन ओलम्पिक कमिटि (आरओसी) बीचको विजेतासँग खेल्नेछ ।

अर्काे खेलमा अमेरिकाले डोमिनिकन रिपब्लिकमाथि २५–११, २५–२० र २५–१९ को सोझो सेटमा हराएको छ । अमेरिकाको सहज जितमा एन्ड्रिए ड्रिउसले सर्वाधिक २१ स्कोर गरिन् । उनले स्पाइकबाट मात्रै २१ अंक जोडेकी थिइन् । अमेरिकाले सर्विया र इटालीबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

अर्काे क्वाटरफाइनलमा आज (बुधबार) सर्विया र इटाली तथा ब्राजिल र रसियन ओलम्पिक कमिटि (आरओसी) बीच प्रतिस्पर्धा हुदैछ । सेमिफाइनल शुक्रबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.