4 years ago
August 4, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ ।
चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ पदक जित्दै चीनलाई पछ्याइरहेको छ । आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्यगरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा यथावत रहेको छ ।
१४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५२ पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ । इंग्ल्यान्ड १३ स्वर्ण, १७ रजत र १३ कास्यगरी कुल ४३पदक जितेर छैटौं स्थानमा रहेको छ ।
जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्यगरी ३० पदकसहित सातौं स्थानमा उक्लदा फ्रान्स ६ स्वर्ण, १० रजत र ८ कास्यसहित २४ पदक जितेर आठौं स्थानमा झरेको छ । नेदरल्यान्ड्स ६ स्वर्ण, ७ रजत र ७ कास्यगरी २० पदक जित्दै नवौं स्थनमा उक्लदा मंगलबार कुनै पदक जित्न नसकेको दक्षिण कोरियाल६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित शीर्ष १० मा अटाएका छन् ।
न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्यगरी १५ पदक जितेको छ । इटाली ५ स्वर्ण, ९ रजत र १५ कास्यगरी २९ पदकसहित १२औं स्थानमा रहेको छ । हंगेरीले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ दिक जितेको छ । क्युवाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी ११ पदक जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जित्दै शीर्ष १५ मा अटाएका छन् ।
क्यानडा, स्वीट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन् । चाइनिज ताइपेइ, पोल्यान्ड, डेनमार्क, जमैका, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रीस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।
स्पेन, जर्जिया, रोमानिया, स्वीडेन, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, बेल्जियम इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजि, इरान, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।
टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]