4 years ago
August 3, 2021
एजेन्सी – घरेलु टोली जापानलाई सोझो सेटमा पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाइनलमा उपाधि दावेदार ब्राजिलले जापानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एरिएक एरिनामा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा एक सयम खेलमा पछि रहेको ब्राजिलले पूनरागमन गर्दै २५–२२ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । सुरुवात देखि नै अग्रता लिएको ब्राजिलले तेस्रो सेट २५–२० ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
ब्राजिलले स्पाइकबाट ४७ र ब्लकबाट ८ अंक जोड्दा विपक्षीको गल्तीबाट २० अंक पाएको थियो , जापानले स्पाइकबाट ३६, ब्लक र सर्भिसबाट समान ४ अंक जोड्दा विपक्षीको गल्तीबाट १८ अंक पाएको थियो । ब्राजिलका लिलले १६ तथा वालेसले १३ स्कोर जोड्यो । जापानका युकी इसिकावाले १७ तथा युजी निसिदाले १३ स्कोर गरेपनि टोलीलाई जिताउन सकेन ।
अब सेमिफाइनलमा ब्राजिलले रसियन ओलम्पिक कमिटि (आरओसी) सँग प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा आरओसीले ३–० को सोझो सेटमा जित निकालेको थियो । आरओसीले मंगलबारै क्यानडालाई २५–२१, ३०–२८ र २५–२२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
अर्काे क्वाटरफाइनलमा आज (मंगलबार) इटाली र अर्जेन्टिना तथा पोल्यान्ड र फ्रान्सबीच प्रचिस्पर्धा हुदैछ । उक्त खेलपछि सेमिफाइनल समिकरण पुरा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]