default_image

4 years ago

August 3, 2021

टोकियो ओलम्पिक– पदक तालिकामा चीनको शीर्षता यथावत

135 views

0 Bookmark

एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १०औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्न सफल भएको छ ।

शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ कास्य गरी कुल ६२ पदक जितेको छ ।

अमेरिका २२ स्वर्ण, २५ रजत र १७ कास्यगरी कुल ६४ पदकसहित दोस्रो स्थानमा यथावत रहेको छ । आयोजक जापान १७, स्वर्ण ६ रजत र १० कास्यगरी कुल ३३ पदक जितेको छ । १४ स्वर्ण, ४ रजत र १५ कास्यगरी कुल ३३ पदक हात पारेको अष्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि टोली (आरओसी) १२ स्वर्ण, २१ रजत र १७ कास्यसहित ५० पदक जित्दै पाँचौ स्थानमा यथावत रहेको छ ।

इंग्ल्यान्ड ११ स्वर्ण, १२ रजत र १२ कास्यगरी कुल ३५ पदक जितेर छैटौं स्थानमा रहेको छ । फ्रान्स ६ स्वर्ण, १० रजत र ७ कास्यसहित २३ पदक जितेर सातौ स्थानमा जर्मनी ६ स्वर्ण, ६ रजत र ११ कास्यगरी २३ पदकसहित आठौं स्थानमा रहेको छ । दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदक हात पार्दै नवौं स्थानमा रहेको छ । नेदरल्यान्ड्स ५ स्वर्ण, ७ रजत र ६ कास्यगरी १८ पदक जित्दै शीर्ष १० मा अटाएका छन् ।

इटाली ४ स्वर्ण, ९ रजत र १५ कास्यगरी २८ पदकसहित शीर्ष ११औं स्थानमा रहेको छ न्युजिल्यान्डले ४ स्वर्ण, ३ रजत र ४ कास्यगरी १० पदक जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्यगरी ८ पदक जितेको छ । क्यानडा, स्वीट्जरल्यान्ड र क्रोएसियाले समान ३ स्वर्ण जित्दै शीर्ष १६ मा अटाएका छन् ।

चाइनिज ताइपेइ, ब्राजिल, क्युवा, हंगेरी, डेनमार्क, स्लोभेनिया, इक्वेडर, ग्रीस, कोसोभो र कतारले दोहोरो स्वर्ण जित्न सफल भएका छन् । जर्जिया, स्पेन, रोमानिया, स्वीडेन, भेनेजुलएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इन्डोनेसिया, सर्विया, जमैका, बेल्जियम नर्वे, पोल्यान्ड, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल बेलारुस, इथियोपिया, इरान, लात्भिया, फिलिपिन्स, प्युरेटिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८० राष्ट्रले पदक जित्न सफल भएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.