default_image

4 years ago

August 2, 2021

गौतम विश्व र्‍याफ्टिङको सदस्यमा चयन

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र्‍याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप राज गौतम बिश्व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

बिश्व र्‍याफ्टिङ महासंघको चुनावी साधारणसभाले चार बर्ष (२०२१–२०२४) का लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।

फ्रान्समा आयोजना भएको विश्व र्‍याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।

नेपालमा र्‍याफ्टिङमै आफ्नो जीवन व्यतित गरेका गौतम र्‍याफ्टिङखेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आई रहेका छन् । गौतम र्‍याफ्टिङ तथा क्यानोइङ संघको संस्थापक सदस्य समेत हुन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.