3 years ago
August 1, 2021
एजेन्सी – अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले स्वर्ण संख्या पाँच पुर्याएका हुन् ।
उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा दुइए गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल, १ सय मिटर बटर फ्लाइमा र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए । १ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
उनीसँगै राएन मर्फी, माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे ।
त्यसअघि ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित जारी ओलम्पिकमा चौथो स्वर्णपदक जित्न सफल भएका हुन् । ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गरे ।
२४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डसहित रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डसहित कास्य जितेका छन् ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]