4 years ago
August 1, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा ब्राजिलले फ्रान्समाथि रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा ब्राजिलले फ्रान्समाथि ३–२ को सेटमा रोमाञ्चक जित निकालेको हो ।
पहिलो सेट ब्राजिलले २५–२२ ले आफ्नो पक्षमा पारेपनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट फ्रान्सले ३९–३७ ले आफ्नो पक्षमा पार्दै खेललाई बराबरीमा ल्याएको थियो । तेस्रो सेट ब्राजिलले २५–१७ ले सहजै आफ्नो पक्षमा पारेपनि चौथो सेट २१–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो ।
निर्णायक सेटमा एक समय ब्राजिलले ७–४ को अग्रता लिएपनि धैयर्ता गुमाउँदा १२–१३ ले पछि परेको थियो । तर, उत्कृष्ट पूनरागमन गर्दै पाँचौ सेट ब्राजिलले २०–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा ब्राजिलले स्पाइकबाट ७९, ब्लकबाट १५ र सर्भिसबाट २ अंक जोड्दा विपक्षीको गल्तीबाट ३२ अंक पाएको थियो । फ्रान्सले स्पाइकबाट ७६, ब्लकबाट १३ र सर्भिसबाट १ अंक जोड्दा विपक्षीको गल्तीबाट ३१ अंक पाएको थियो ।
यसअघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिलको जितपछि ५ खेलबाट १० अंक पुगेको छ । पराजित फ्रान्सको ८ अंक छ । यो समूहबाट ब्राजिलसँगै रसियन ओलम्पिक कमिटि (आरओसी) र फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन् । यही समूहको अर्काे खेलमा अमेरिका र अर्जेन्टिनाबीचको विजेताले अन्तिम आठमा स्थान बनाउनेछ ।
आइतबारै भएको अर्काे खेलमा पोल्यान्डले क्यानडालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ । एकपक्षीय खेलमा पोल्यान्डले क्यानडामाथि २५–१५, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरेको छ । जितपछि पोल्यान्डले ५ खेलबाट १४ अंक जोड्यो । पराजित क्यानडा ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]