4 years ago
July 31, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा उपाधि दावेदार तथा बलियो इटाली चीनसँग सोझो सेटमा स्तब्ध बनेको छ ।
एरिएके एरिनामा शनिबार समूह ‘बी’ को खेलमा चीनले शीर्ष स्थानमा रहेको इटालीमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२१ को जित निकालेको चीनले दोस्रो सेटमा २५–२० को जित निकालेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट चीनले २६–२४ को पार्दै इटालीलाई स्तब्ध बनायो ।
चीनको महत्वपुर्ण जितमा स्पाइकबाट ३७, ब्लकबाट १०, सर्भिसबाट १० र विपक्षीको गल्तीबाट २७ अंक पाएको थियो । इटालीले स्पाइकबाट ४३, ब्लकबाट ९ र सर्भिसबाट ३ अंक जोड्दा विपक्षीको गल्तीबाट १० अंक पाएको थियो ।
हारपछि इटाली ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहँदा जितका बावजुत चीनले अघिल्लो चरण पार गर्न असमर्थ बनेको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई पराजित गरेपनि टर्की बढी सेट जितेको आधारमा शीर्ष चारमा रहेर अघि बढ्नेछ ।
समूह ‘ए’ को अर्काे खेलमा दक्षिण कोरियाले घरेलु टोली जापानमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । पहिलो सेट २५–१९ ले सहजै जितेको दक्षिण कोरियाले दोस्रो सेट १९–२५ ले नै गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जित्दै कोरियाले पुनः अग्रता लिएको थियो ।
चौथो सेट जापानले २५–१५ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्णायक सेट दक्षिण कोरियाले १६–१४ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्न सफल भयो ।
यो नतिजापछि दक्षिण कोरिया ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा जापानले ४ अंक जोड्दै समूह चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । जापानलाई समूह चरण पार गर्न अन्तिम खेलमा डोमिनिकन रिपब्लिकलाई हराउनुपर्ने हुन्छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]