4 years ago
July 29, 2021
एजेन्सी – भारतीय महिला भेट्रान मुक्केबाज (बक्सर) मेरी कोम टोकियो ओलम्पिक २०२० को प्रि–क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।
बिहीबार महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोलम्बियाकी खेलाडी इन्ग्रिट भ्यालेन्सियासँग ३–२ को अंकमा पराजित हुँदै कोम टोकियो ओलम्पिकको राउन्ड अफ १६ बाटै बाहिरिएकी हुन् ।
पहिलो राउन्डमै ४–१ ले पछि परेको मेरी कोमले दोस्रो र तेस्रो राउन्डमा समान १ अंक जोडेपनि जितको लागि पर्याप्त बनेन ।
यससँगै ६ पटक विश्व च्याम्पियनसिप २८ वर्षीय मेरी कोमको ओलम्पिकमा दोस्रो पदक जित्ने सपना सकिएको छ । मेरी कोमले २०१२ को लन्डन ओलम्पिकमा कास्यपदक जितेकी थिइन् । कोमले एसियन गेम्समा समेत स्वर्ण जितेकी छिन् ।
मेरी कोमले राउन्ड अफ ३२ मा डोमिनिकन रिपब्लिककी मिगुइलिना गार्सिया हर्नान्डेजलाई ४–१ को अंकमा पराजित गरेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]