4 years ago
July 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले गत बैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि निषेधाज्ञापछि बन्द रहेको फुटसल खोल्ने निर्णय गरेको संघका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञा पनि खुकुलो बनाएको अवस्थामा बन्द रहेको फुटसल सञ्चालनको लागि संघले जिल्ला प्रशासन कार्यालयमार्फत सावधानी अपनाई खेल सञ्चालनको अनुमतिका लागि ज्ञापन पत्र बुझाएपनि सरकार उदासिन छ ।
हामीले बुझाएको ज्ञापनपत्रमा खेल सञ्चालन गर्दा ५–५ एक आपसमा खेल्ने, प्रतियोगिता नगराउने, खेलाडीको तापक्रम नाप्ने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल एरियालाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गर्दै काठमाडौं जिल्ला प्रशासनलगायतसँग सम्वन्धित निकायसँग आग्रह गर्दा पनि उदासिनता देखाएपछि संघले बाध्य भएर बिहीबारदेखि सावधानी अपनाई फुटसल सञ्चालन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिकले यस क्षेत्रको व्यवसायीलाई सताएको छ ।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसतर्फ सरकारको ध्यान जाओस् । हामी व्यवसायी बाध्य भएर बिहीबारबाट सावधानी अपनाई खेल संचालन गर्न बाध्य भएका छौं ।’
नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । सरकारले काठमाडौं उपत्यकामा २० साउनसम्म निषेधाज्ञा लम्ब्याएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]