default_image

4 years ago

July 29, 2021

टोकियो ओलम्पिक – जापानको शीर्षता यथावत

124 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को पाँचौ दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार ३ स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले पाँचौ दिनको खेल सकिदा १३ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल २२ पदक जितेको छ ।

दोस्रो स्थानमा उक्लिएको चीनले १२ स्वर्ण, ६ रजत र ९ कास्यगरी २७ पदक हात हात पारेको छ । तेस्रोमा झरेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ कास्यगरी ३१ पदक हात पारेको छ । रसियन खेलाडीको टोली (आरओसी) ७ स्वर्ण, ९ रजत र ६ कास्यसहित २२ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ ।

यसअघि सातौ स्थानमा रहेको अष्ट्रेलियाले बुधबार ३ स्वर्ण र ४ कास्य थप्दै कुल ६ स्वर्ण, १ रजत र ९ कास्यगरी १६ पदक जितेर पाँचौ स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ५ स्वर्ण, ६ रजत र ५ कास्यगरी कुल १६ पदकसहित एक स्थान तल झरेको छ । दक्षिण कोरियाले ४ स्वर्ण २ रजत र ५ कास्यगरी कुल ११ पदक हात पार्दै सातौ स्थानमा रहेको छ ।

जर्मनी, फ्रान्स र नेदरल्यान्ड्स शीर्ष १० मा रहेका छन् । जर्मनीले ३ स्वर्ण, २ रजत र ५ कास्यगरी १० पदक जितेको छ । फ्रान्सले ३ स्वर्ण, २ रजत र ३ कास्यगरी ८ पदक जितेको छ । नेदरल्यान्ड्सले २ स्वर्ण, ६ रजत र ३ कास्यगरी ११ पदक जितेको छ ।

क्यानडा, हंगेरी, स्लोभेनिया र कोसोभोले समान २ स्वर्ण जितेका छन् । इटाली, स्वीट्जरल्यान्ड, चाइनिज ताइपेइ, ब्राजिल, जर्जिया, रोमानिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, क्रोएसिया, इस्टोनिया, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, नर्वे, फिलिपिन्स र थाइल्यान्डले समान १ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ३४ राष्ट्रले स्वर्ण जित्दा ६१ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.