4 years ago
July 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र विष्ट नेपाली सेनाको अमल्दार पदमा बढुवा भएका छन् ।
राजेन्द्र विशेष सिफारिसमा लेस नायकबाट अमल्दारमा बढुवा भएका हुन् । उनलाई बुधबार सैनिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी शशी किरण रायमाझीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
वि.स.२०६८ मा आर्मीमा भर्ती भएका दार्चुलाका राष्ट्रिय भलिबल खेलाडी राजेन्द्र विष्ट श्री पुरानो गणका गणपति राजेश थापा, सेनानी सागर शम्शेर थापाको विशेष सिफारिसमा सहायक हवल्दारमा बढुवा भएका हुन् ।
२८ वर्षीय राजेन्द्रले २०७६ मा काठमाडौंमा भएको एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । त्यसअघि उनले बन्द प्रशिक्षणमा स्थान बनाएपनि अन्तिम टोलीमा पर्न सकेका थिएनन् । त्यसयता, राजेन्द्रले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदसँगै केही मैत्रीपुर्ण खेल खेलेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]