default_image

4 years ago

July 28, 2021

टोकियो ओलम्पिक– जापान पदक तालिकाको शीर्षमा यथावत

152 views

0 Bookmark

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को चौथो दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ ।

तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार दुई स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले चौथो दिनको खेल सकिदा १० स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १८ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको अमेरिकाले ९ स्वर्ण, ७ रजत र ८ कास्यगरी २४ पदक हात पारेको छ । तेस्रोमा रहेको चीनले ९ स्वर्ण, ५ रजत र ७ कास्यगरी २१ पदक हात पारेको छ । अमेरिकाले चौथो दिन थप २ स्वर्ण जितेको छ । रसियन खेलाडीको टोली (आरओसी) ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जित्दै चौथो स्थानमा यतावत रहेको छ ।

इंग्ल्यान्ड ४ स्वर्ण, ५ रजत र ३ कास्यगरी कुल १२ पदकसहित शीर्ष पाँचमा अटाएका छन् । दक्षिण कोरियाले ३ स्वर्ण २ रजत र ५ कास्यगरी कुल १० पदक हात पार्दै छैटौ स्थानमा तथा अष्ट्रेलिया ३ स्वर्ण, १ रजत र ५ कास्यसहित ९ पदक जितेर सातौ स्थानमा यथावत रहेको छ । क्यानडा, फ्रान्स र कोसोभो समान २ स्वर्णसहित क्रमश आठौं, नवौं र शीर्ष १० मा अटाएका छन् ।

क्यानडाले २ स्वर्ण र समान ३ रजत र कास्य गरी कुल ८ पदक जितेको छ । फ्रान्सले २ स्वर्ण, २ रजत र ३ कास्यगरी ७ पदक हात पार्दा कोसोभोले २ स्वर्णमात्रै जितेको छ । इटाली, चाइनिज ताइपेइ, ब्राजिल, स्वीट्जरल्यान्ड, स्लोभेनिया, सर्विया, हंगेरी, ट्युनिसिया, जर्मनी, अष्ट्रिया, क्रोएसिया, इस्टोनिया, बर्मुडा, इक्वेडर, हङकङ, इरान, नर्वे, फिलिपिन्स, थाइल्यान्ड र उज्वेकिस्तानले समान १ स्वर्ण जितेका छन् ।

टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २४ राष्ट्रले स्वर्ण जित्दा ५६ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.