4 years ago
July 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य रहिसकेका सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका मुख्य सेटर लोकेन्द्र गिरीको घुँडाको सफल शल्यक्रिया भएको छ ।
लामो समयदेखि बायाँ घुँडाको समस्याले ग्रसित लोकेन्द्रको सोमबार एपिएफ अस्पतालमा सफल शल्यक्रिया भएको हो । डाक्टर शैलेन्द्र श्रेष्ठ र प्रविन नेपाल लगायतको टोलीले उनको शल्यक्रिया गरेको थियो । गिरीले दुई वर्षअघि नै मिनिस्कस र एमसिएलको चोट बोकेका थिए ।
तीन महिना फिजियो गरेपछि खेलमा फर्किएका गिरीले दुखाइका बाबजुद निरन्तर खेलेका थिए । गत चैतमा काठमाडौंमा भएको पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको तीन पाकिस्तानी खेलाडी सम्मिलि बुलबुले राराविरुद्धको खेलमा उनको चोट थप बल्झिएको थियो ।
त्यतिबेला उनको मिनिस्कस च्यातिएको थियो । तर, पनि उनले इन्जेक्सन लिँदै खेलेका उनले टोलीको फाइनल यात्रासम्म खेलेका थिए । फाइनलमा भने एपिएफ हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
चोट बल्झिएको झन्डै चार महिनापछि उनको घुँडाको शल्यक्रिया भएको हो । गिरीले मंगलबारदेखि नै फिजियो सुरु गरिसकेका छन् । अब उनी कम्तीमा पनि ८ महिना मैदान बाहिर रहनेछन् । एपिएफ अस्पतालमा नै फिजियोको सुविधा रहेपनि केही समयपछि आफुलाई सहज हुने ठाँउमा फिजियोको लागि जाने गिरीले बताए ।
तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कप्तानसमेत रहेका कञ्चनपुरका गिरी ९ वर्षअघि एपिएफमा आबद्ध भएका थिए । त्यसअघि उनी कञ्चनपुरकै बाहिनीमा करारमा कार्यरत थिए । त्यसपछि सिपाहीमा भर्ना भएका उनी एपिएफ क्लबसम्म आउन सफल भएका थिए ।
लोकेन्द्रले राष्ट्रिय टोलीबाट पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् । २०७४ मा बंगलादेश र डेनमार्कको टोलीसँगको मैत्रीपुर्ण खेलमा गिरी टोलीमा रहेका थिए । उनले बंगलादेशसँगको १ सेट खेलेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]