4 years ago
July 26, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको समूह चरणको खेलमा उपाधि दावेदार ब्राजिलले अर्जेन्टिनामाथि पूनरागमन जित निकालेको छ ।
आरीआके एरिनामा सोमबार राति भएको खेलमा ब्राजिलले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै पूनरागमन जित दर्ता गरेको हो । ब्राजिलले पहिलो सेट १९–२५ तथा दोस्रो सेट २१–२५ ले गुमाएको थियो ।
तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै ब्राजिलले खेलमा फर्कने संकेत दिएको थियो । चौथो सेटमा ३–३ को बराबरीबाट पछि परेको ब्राजिलले ४–१० हुदै ११–१७ ले पछि परेको अवस्थामा लगातार ५ अंक जोड्दै खेलमा फर्कने संकेत दिए । १८–१८ को बराबरीबाट अघि बढेको ब्राजिलले अर्जेन्टिनालाई २५–२१ मा रोक्दै खेललाई २–२ सेटमा ल्याउदै खेललाई रोमाञ्चक मोडमा ल्याए ।
प्रतिस्पर्धात्मक बनेको निर्णायक सेट ब्राजिलले १६–१४ ले आफ्नो पक्षमा पार्दै पूनरागमन जित निकाल्न सफल भयो । निकै नै प्रतिस्पर्धात्मक बनेको पाँचौ सेटमा ब्राजिलले १२–१२ को बराबरीको अवस्थाबाट जिततर्फ अघि बढेको थियो ।
ब्राजिलले स्पाइकबाट ६०, ब्लकबाट ९ तथा सर्भिसबाट ५ स्कोर गरे । ब्राजिलका लागि स्पाइकबाट लिल हिडालले सर्वाधिक १७ तथा डि सुजा वालेसले १२ अंक जोडे । सौजा रिकार्डाे लुकारेलीले ब्लक र सर्भिसबाट समान ३ अंक जोडे ।
अर्जेन्टिनाले स्पाइकबाट ६८, ब्लकबाट ११ र सर्भिसबाट २ स्कोर मात्रै ग¥यो । अर्जेन्टिनाका लिमा ब्रुनोले स्पाइकबाट सर्वाधिक २२ स्कोर गरेपनि हार टार्न सकेन । पालासिओसले १८ तथा कोन्टे फकुन्डेले १४ स्कोर गरे । लोसर अगस्टिनले ४ तथा सोल सेवास्टिनले ३ ब्लक गरे । सर्भिसमा लिमा ब्रुनोले २ स्कोर गरे ।
जितपछि पोल ‘बी’ मा रहेको ब्राजिल २ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । लगातार दोस्रो हार बेहोरेको अर्जेन्टिना १ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको (आरओसी) रसियन टोली लगातार दोस्रो जित दर्ता गर्दै शीर्षस्थानमा रहेको छ ।
अमेरिका र फ्रान्स समान ३ अंक जोडेर तेस्रो र चौतो स्थानमा रहँदा ट्युनिसिया अंकविहीन हुदै पुछारमा छ । ६ टोली रहेको यो समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]