4 years ago
July 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गरेका हुन् । सागमा नेपालले ३ स्वर्ण, १ रजत र ४ कास्य जितेको थियो । रजत र कास्य जित्ने खेलाडीलाई संघको तर्फबाट सोमबारै सम्मानित गरेको छ ।
१३औं सागमा म्याराथनमा किरणसिंह बोगटी, सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका थिए । रजत पदक विजेतालाई ३५ हजार र कास्य पदक विजेतालाई समान २० हजार रुपैयाँ सोमबार प्रदान गरिएको छ ।
खेलाडीलाइै संघका अध्यक्ष राजीव विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद राखेपका कार्यवहाक सदस्यसचिव एकेन्द्र कुँवर, प्रदेश खेलकुद परिषद बागमतीका सदस्यसचिव सुर्य भण्डारीलगायतले पुरस्कृत गरे ।
गोपीले सागमा ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए । उनले निर्धारित दुरी १४ मिनेट ५४.२० सकेण्डमा पूरा गरेका थिए । सन्तोषीले १० हजार मिटर दौड ३५ मिनेट ६.९४ सेकेन्डमा दूरी पुरा गरेर स्वर्ण पदक जितेकी थिइन् । किरणले २ घण्टा २१ मिनेट १७ सकेन्डमा दौड पूरा गर्दै म्याराथनमा स्वर्ण पदक जितेका थिए ।
पुष्पा भण्डारीले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा रजत जितेकी थिइन् । सोमबहादुर कुमालले ८ सय मिटर दुरी १ मिनेट ५१ दशमलव ४४ सेकेन्डमा पुरा गर्दै कास्य जितेका थिए ।
हरि कुमार रिमालले ५ हजार मिटरको दौडमा १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितेका थिए । दीपक अधिकारीले १० हजार मिटर दौड ३० मिनेट ५०.०६ सेकेन्डमा पूरा गर्दै कास्य जितेका थिए । टंक कार्कीले १५ सय मिटरमा कास्य जितेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]