default_image

4 years ago

July 26, 2021

ओलम्पिकमा जापानी दाजु-बहिनीले जिते स्वर्ण

181 views

0 Bookmark

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् ।

एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) ले ५२ केजी मुनिको तौल समूहमा स्वर्ण जितेको केही समयपछि नै २३ वर्षीय आवे हिफुमी (दाई) ले ६६ केजीमुनिको तौल समूहमा स्वर्ण जित्न सफल भएका हुन् ।

निप्पोन बुदोकानमा आइतबार राति उताले युरोपियन च्याम्पियन फ्रान्सकी एमादिन बुचार्डलाई गोल्डेन स्कोर ४ मिनेट २७ सेकेन्डमा इपपोन अंकमा पराजित गर्दै स्वर्ण जित्न सफल भएकी थिइन् ।

हिफुमीले जर्जियाका भाझा मार्गभेलासभिलीलाई वाजा रीको आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । उता यो तौल समूहमा स्वर्ण जित्ने पहिलो युवा खेलाडी बनिन् । हिफुमी यो तौल समूहमा सन् २००८ को बेइजिङ ओलम्पिकपछि स्वर्ण जित्ने खेलाडी बने । हिफुमीले सन् २०१७ पछि स्वर्ण जितेका हुन् ।

‘मलाई लाग्छ हामीले इतिहासमा नाम राख्यौँ, हामी इतिहास परिवर्तन गर्न सफल भएका छौँ,’ स्वर्ण पदक प्राप्त गरेपछि आवे हिफुमीले भने ।
‘विगत ४ वर्षमा मैले कडा मिहेनत गरेकी थिए । त्यसैको प्रतिफल पाँउदा खुशी छु ।’

ओलम्पिकमा पहिलो अनुभव बटुलिरहेको आवे उताले भने, ‘बुचार्ड एक प्रतिद्धन्द्धी हुन् । म उहाँलाई सम्मान गर्दछु । म धेरै खुशी छु मैले उनलाई हराउन सके ।’

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.