4 years ago
July 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन कम्युनिटी (एनबिसी) युएईको स्थापनासँगै युएईमा नेपाली समुदायमा ब्याडमिन्टन खेलप्रतिको मोह निकै नै बढेको छ ।
हरेक साताजस्तै हुने विभिन्न समुदायस्तरको प्रतियोगिता, केही अन्तर्राष्ट्रिय प्रतियोगिता र त्यसमा उत्साहजनक सहभागिताले पनि युएईमा रहेको नेपालीमा ब्याडमिन्टन खेलप्रतिको मोह कति छ भन्ने स्पष्ट पार्दछ । पछिल्लोपटक एनबिसीले ए प्लस मिक्स डबल्स, ए, बी प्लस मिक्स डबल्स र बी डबल्स गरी चार स्पर्धामा आन्तरिक प्रतिस्पर्धाको आयोजना गरेको थियो । जसमा २४ टोलीको सहभागिता रहेको छ ।
ए प्लस मिक्स डबल्समा तीन टोलीको सहभागिता रहँदा सुमन उदय र मिलन थापाको जोडीले उपाधि जिते । प्रमित उदय र टक सुनुवारको जोडीले दोस्रो स्थान हासिल गरे ।
ए मा ७ टिमको सहभागिता रहँदा साहिल चन्द र सानिया चन्दको जोडीले उपाधि जित्दा नरजङ तामाङ र किरण खत्रीको जोडी दोस्रो भए । बी प्लस मिक्स डबल्समा ८ टोलीको सहभागिता रहँदा सुर्य राई र प्रकाश खत्रीको जोडी पहिलो हुदा सुदिप कार्की र रुद्र थापाको जोडीले दोस्रो स्थान हासिल गरे । बी डबल्समा ६ टिमको सहभागिता रहँदा खेम संग्रौला र भुवन सिंह आलेको जोडीले उपाधि जित्दा किशोर शाक्य र जिएन शर्माको जोडीले दोस्रो स्थान हासिल गरे । विजेता र उपविजेता टोलीले नगदसँगै ट्रफी हात पारे ।
खेलहरु कोभिडको प्रोटोकलको पालना गर्दै सीमित दर्शक राखेर खेलाइएको थियो । खेलहरु दुवईस्थित नेपाली ब्याडमिन्टन प्रशिक्षक, एनबिसीका संस्थापक र पुर्व राष्ट्रिय खेलाडी बिक्की बुढामगरले प्रशिक्षण गराउने ब्याडमिन्टन स्पोर्ट्स हलमा भएको थियो । खेलहरु बिडब्लुएफको नियममा नै भएको थियो ।
प्रतियोगिताको संयोजन एनबिसीका अध्यक्ष हिरा लाल श्रेष्ठले गरेका थिए । सहसंयोजनमा उदय श्रेष्ठ र प्राविधिक सहयोग दीपेश श्रेष्ठ लगायतले गरेका थिए । प्रतियोगितालाई विभिन्न संस्थामा आबद्ध व्यक्तित्वहरु प्रकाश कार्की, कमल गुरुङ, सुवु केसी, कमल क्षेत्री, प्रमित उदय र पुरुषोत्तम ओलीलगायतले सहयोग गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।