4 years ago
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने उल्लेख गरेको छ । यस विषयमा नेपाल एथलेटिक्स संघ र एनओसीबीच छलफल भएको बताइएको छ ।
नेपालको तर्फबाट एथलेटिक्समा प्रशिक्षकको रुपमा मल्ल सहभागी हुने निर्णय भएअनुसार उनको सहभागिताको लागि आवश्यक तयारीको सिलसिलामा कोभिड १९ को पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको विज्ञप्तीमा उल्लेख छ । टोकियो ओलम्पिक २०२० को आयोजक कमिटिको कोभिड सम्बन्धी नियमअनुसार कोरोना पुष्टि भइसकेपछि सहभागी गराउन नमिल्ने भएकाले उनको स्थानमा पहिलेको सुचीमा एक्रिडेसन कार्ड भैसकेका प्रशिक्षक श्रेष्ठ जाने भएको एनओसीले जनाएको छ ।
एनओसीले प्रशिक्षक मल्ललाई कोरोना पुष्टि भएको पत्र जानकारी राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पठाएको राष्ट्रिय टिम तयारी समितिका संयोजक महेन्द्र राईले बताए । अब ओलम्पिकको लागि जाने तय भएको प्रशिक्षक श्रेष्ठको पनि लगातार कोरोना परिक्षण हुनेछ । श्रेष्ठ ओलम्पिक जानबाट वञ्चित पारिएका धावक गोपीचन्द्र पार्कीका प्रशिक्षक हुन् । गोपी जान नपाउने भएपछि उनको ठाँउमा सरस्वतीलाई पठाउने निर्णय भएको थियो । सरस्वतीको प्रशिक्षकमा मल्लको सिफारिस भएको थियो ।
एथलेटिक्स टोली २५ जुलाईमा टोकियो जाने तालिका छ । सरस्वती १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालबाट ३ खेलका टोलीहरु जापान पुगिसकेको छ । पौडी टोली अघिल्लो साता नै टोकियो पुगिसकेका छन् । जुडो र सुटिङ टोली शुक्रबार जापान प्रस्थान गरिसकेको छ । ओलम्पिक साउन ८ देखि २४ गते सम्म हुनेछ ।
५ खेलाडी ४ प्रशिक्षकसहित २६ जनाको टोली ओलम्पिकमा सहभागिता हुने भएको थियो । त्यसमध्ये एथलेटिक्सका व्यवस्थापकका रुपमा रहेका राखेपका उपाध्यक्ष शिव कोइरालाले भने व्यक्तिगत कारण देखाउँदै नजाने बताइसकेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]