default_image

4 years ago

July 16, 2021

महिला भलिबल टोलीको प्रशिक्षण स्थगित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्टका कारण नेपाल २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएपछि नेपाल भलिबल संघले प्रशिक्षण स्थगित गरेको जानकारी गराएको छ ।

कोभिड १९ को नयाँ भेरियन्टको अति संवेदनशील क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको संघले जानकारी दिएको छ ।

कोरोनाको नयाँ भेरिएन्टका कारण आयोजक फिलिपिन्सले नेपाल र भारतलाई रेड जोनमा राखेको थियो । अन्तिम समयमा जापान र हङकङ पनि प्रतियोगिताबाट वञ्चित हुन पुगेको छ । एभिसीले शुक्रबार सार्वजनिक गरेको समूह तालिकामा ८ टोलीको मात्र सहभागिता रहने भएको छ । समूह ‘ए’ मा आयोजक फिलिपिन्स, काजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन् । समूह ‘बी’ मा थाईल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन् ।

सुरुवातमा १७ टोली सहभागी हुने भनेपनि ५ टोलीले नाम फिर्ता लिएपछि १२ टोलीको नाम पक्का भएको थियो । तर एभिसीले सार्वजनिक गरेको खेल तालिकामा नेपाल, भारत, हङकङ र जापानको नाम छैन । च्याम्पियनसिप भदौ १३ देखि १८ सम्म आयोजना हुँदैछ ।

पहिलोपटक च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपालले १ असारदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । अब बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघका कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङ र महासचिव जितेन्द्र बहादुर चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

नेपालले अघिल्लो साता मात्र प्रारम्भिक टोलीमा २७ खेलाडीबाट ९ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणमा १८ सदस्यीय टोलीको घोषणा गरेको थियो । प्रारम्भिक चरणमा परेका विभागीय नेपाल पुलिस क्लबका तीन खेलाडी प्रशिक्षणमा उपस्थित थिएनन् ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक कुमार राई, भरत यादव र ट्रेनी अन्जु श्रेष्ठले प्रशिक्षण दिइरहेका थिए । फिजियोमा उज्वल डोटेल र टिम व्यवस्थापकमा ज्याति केसी रहेकी थिइन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.