4 years ago
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बाराको निजगढ –२ सिंगौलमा आयोजित ‘निजगढ सिटीकप’ मार्शल आर्टस् फेस्टिबलमा बागमती प्रदेश टिम च्याम्पियन बनेको छ ।
२९ देखि ३१ असारसम्म भएको मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका निराजन दिम्बम र महिला खुल्ला फुलकन्ट्याक्ट करातेमा तारा घलानले स्वर्ण जित्दै जनही नगद ५० हजार हात पारेका छन् ।
त्यस्तै आइटिएफ तेक्वान्दोतर्फ प्रदेश १ का मिशन तामाङले रजत पदकसहित २५ हजार तथा प्रदेश १ कै आशिष क्षेष्ठले कास्य पदकसहित १० हजार जितेका छन् । फुलकन्ट्याक्ट करातेतर्फ प्रदेश २ की निसिदा आलेले रजत जित्दै २५ हजार हात पारिन् । प्रदेश २ कै स्नेहा महतो र बागमती प्रदेशकी सोनु तामाङले कास्य जिति १० हजार पाउन सफल भए ।
प्रतियोगितामा ७ प्रदेश र आयोजकबाट खेलाडी, कोच, टिम मेनेजर, रेफ्रि र जुरीगरी १३२ जना सहभागिता रहेको नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं आयोजक कमिटीका सभापति दिनेश शर्माले जानकारी दिए ।
त्यस्तै विशेष मनोरन्जन विधामा समावेश गरिएको ८०० मिटर बुहारी दौडमा निजगढ २, सिंगौलकी अन्जु घिसिङ पहिलो हुदै १५ हजार हात पार्न सफल भइन् । वडा नं. २ कै मिन कुमारी शाहीले दोस्रो स्थान हात पार्दै १० हजार जित्न सफल भईन् । तृतिय स्थान निजगढ ३, सिंगौलकै पूर्णिमा थिङले जित्न सफल भई नगद ५ हजार हात पारिन् । दौडमा ३० जनाको सहभागिता थियो ।
नेपाल तेक्वान्दो महासंघको आयोजना, नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघको तत्वधान र निजगढ नगरपालीकाको सहयोगमा आयोजित उक्त प्रतियोगिता २ नंं प्रदेशकै उच्चस्तरको रहेको बुझिएको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]