4 years ago
July 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागि हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव श्री निलेन्द्र राज श्रेष्ठलाई अनलाईन बैठक मार्फत सफलताको शुभकामना सहित बिदाई गरेको छ ।
अध्यक्षलाई बिदाई गर्दै संघका महासचिव श्री युवराज सुनुवार सहित संघका कोषाध्यक्ष, सदस्य, प्रशिक्षक, निर्णायकहरुले टोकियो ओलम्पिकमा सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई सफलताको शुभकामना प्रदान गर्दै अध्यक्ष श्रेष्ठलाई त्यहाँ रहँदा नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारका लागि अझ बढि कार्यक्रमहरु ल्याउन पहल गर्न र त्यसको सफलताको लागि शुभकामना ब्यक्त गरेको हो ।
बैठकमा बोल्दै संघका अध्यक्ष श्रेष्ठले टोकियो ओलम्पिकका क्रममा ट्राईयाथलनले सन् २०२८ मा आयोजना हुने ओलम्पिकका लागि लक्ष राख्दै विभिन्न योजनाहरुको लागि पहिल र प्रयास गर्ने बताए । उनले ट्राईयाथलन संघ एक विवाद रहित संघ रहेको र यसको विकासमा यस संग सम्वन्धित सवै एकै परिवार भएर अगाडी बढेका कारणनै संघ मजुवत भएको र निकै छोटो समयमै प्राविधिक दक्ष जनशक्ति तयार गर्नुका साथै दक्षिण एशियाली खेलकुदमा स्वर्ण हात पार्न सफल भएको र एशियन कप जस्तो ठुलो प्रतियोगिता गर्न सक्षम भएको बताए ।
उनले नेपाली प्राविधिकहरुको उच्च मनोवल र कार्य गर्ने शैली प्रति अन्तराष्ट्रिय संस्थाहरु प्नि प्रभावित भएको भन्दै बिदेशमा पनि नेपाली प्राविधिकहरुको चर्चा रहेको बताए । अध्यक्ष श्रेष्ठ सोमबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]