default_image

4 years ago

July 16, 2021

विश्व एक्वेटिक दिवस मनाइयो

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व पौडी महासंघ (फिना) को आव्हानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस मनाएको छ । उपत्यकालगायत मोफसलका विभिन्न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष वज्राचार्यले फिनाको झण्डा झण्डोत्तोलन गरेका थिए ।

विगतमा दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिने गरेकोमा यसपटक कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष वज्राचार्यले जानकारी गराए । कार्यक्रमका अवसरमा राष्ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।

दिवसकै अवसरमा जुलाई १७ मा काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम आयोजना गरिने छ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुने छ । जुलाई १८ मा नेपालगन्जमा कार्यक्रम हुने भएको छ । त्यसअघि सदस्य–सचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरे ।

पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको अध्यक्ष वज्राचार्यले जनाएका छन् । जिम हलमा करिब २० लाख बराबरको सामाग्री राखिएको छ ।

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.