default_image

4 years ago

July 15, 2021

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिक टोलीलाई बिदाई

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा आयोजना हुने ३२औं गृष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टोकियो ओलम्पिकमा हभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सफलताको शुभकामनासहित बिदाई गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

टोकियो ओलम्पिक २०२० मा नेपालबाट ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडीसहित २६ सदस्यीय टोली जापान प्रस्थान गर्नेछ । पौडी टोली जापान पुगिसकेको छ । अन्य टोली तीन देखि चार चरणमा जापान पुग्ने नेपाल ओलम्पिक कमिटिले जनाएको छ । सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर गाडेगार्ड शाह, सुटिङका कल्पना परियार, जुडोका सोनिया भट्ट तथा एथलेटिकसका सरस्वति चौधरी रहेका छन् ।

गौरिकाले वुमेन्स १०० सय मिटर फ्रि स्टाइल र एलेन्जान्डरले मेन्स १०० मिटर फ्रि स्टाइलमा खेल्नु हुनेछ । कल्पनाले वुमेन्स १० मिटर एयर राइफल, सानियाले वुमेन्स ४८ केजी तौल समूह तथा सरस्वतिले वुमेन्स १०० मिटर दौडमा सहभागिता जनाउने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात ‘वाइल्ड कार्ड’ को आधारमा सहभागी हुनेछन् । नेपाली टिमको ‘सेफ द मिसन’ राष्ट्रिय खेलकूद परिषदको सदस्य सचिव रमेश कुमार सिलवाल छन् । उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंह र एलेक्स शाहले संयुक्त रुपमा नेपाली झण्डा बोकेर नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

टोकियो ओलम्पिक २०२० यही सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । कोरोना भाइरस संक्रमणको महामारीका कारण निर्धारित समयमा स्थगन भएको टोकियो ओलम्पिक एक वर्षको अन्तरालमा सुरु हुँदा नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले यसअघि नै बताइसकेको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.