4 years ago
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण पाकिस्तानमा दुई वर्षपछि हुने भएको छ ।
साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो । सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको लाहोरमा हुनेछ । फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि हुनेछ ।
यस्तै बैठकले सागको आयोजना हुने खेल स्थल निरिक्षण गर्न साउथ एसियन ओलम्पिक काउन्सिलका ओलम्पिक कमिटिलाई सन् २०२१ मा निमन्त्रण गरिएको छ ।
भर्चुअल बैठकमा पाकिस्तान ओलम्पिक कमिटिका तथा (दक्षिण एसियाली ओलम्पिक काउन्सिल) का स्वत अध्यक्ष सायद एरिफ हसनको अध्यक्षतामा बसेको बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स तथा भुटान ओलम्पिक कमिटिका अध्यक्ष तथा महासचिवहरुको उपस्थिति रहेको थियो ।
पाकिस्तानले दुई वर्ष अघि नै सन् २०२१ मा आयोजना गर्ने गरी नेपालबाट साग आयोजना अधिकारको झन्डा लगेको थियो । त्यसपछि विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी बढेसँगै साग पनि मिति तय नहुदै अनिश्चित बनेको थियो । तालिका अनुसार हरेक दुई वर्षमा साग आयोजना हुनुपर्नेछ ।
नेपालले घरेलु भुमिमा दुई वर्षअघि आयोजना आयोजना भएको १३औं सागमा ऐतिहासिक पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण, ९६ रजत र ९७ कास्य गरी २०७ पदक जितेको थियो ।
यो पनि
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]