default_image

4 years ago

July 12, 2021

जोकोभिच विम्वल्डन च्याम्पियन

127 views

0 Bookmark

एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा सातौ वरियताका इटालीका माटियो बेरेटिनीसँग सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्दै उपाधि जित्न सफल भएका हुन् ।

लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिकले छैटौपटक विल्मल्डन जितेका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेट बेरेटिनीले ६–७ (४–७) ले आफ्नो पक्षमा पारेको थियो ।

तर, त्यसपछि बेरेटेनीले शीर्ष वरियताका जोकोभिचलाई ठुलो चुनौती दिन सकेन । यता, पहिलो सेट गुमाएको जोकोभिचले त्यसपछि दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । तेस्रो सेटमा पनि ६–४ कै सहज जित निकालेको जोकोभिचले चौथो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

विम्वल्डनको उपाधिसँगै ३४ वर्षीय जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका छन् । जोकोभिचले यसअघि फ्रेन्च ओपनको उपाधि जितेको थियो । जोकोभिचको यो करियर २० औं ग्राण्डस्लाम उपाधि समेत हो । जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितिसकेकी छिन् । बार्टीले पहिलोपटक विम्बल्डनको उपाधि जितेकी हुन् । बार्टीको यो दोस्रो ग्राण्डस्लाम उपाधि हो । यस अघि उनले फ्रेन्च ओपन जितेकी थिइन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.